
लुम्बिनी प्रदेशमा १ हजार बढी प्राकृतिक विपदका घटना, २ सय बढीले गुमाए ज्यान

बुटवल । प्राकृतिक विपद्बाट लुम्बिनीमा एक वर्षमा २७६ जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता भएका छन् । २ सय १९ जना सख्त घाइते भएका छन् । प्रदेशको गृह मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९÷०८० मा १ हजार १ सय १८ वटा प्राकृतिक विपद्का घटना भएका थिए ।
सबैभन्दा धेरै १ सय ६६ जनाको पानीमा डुबेर मृत्यु भएको छ । आगो लागेर ३० र खोलाले बगाएर २५ जनाले ज्यान गुमाएका छन् ।
सर्पदंशले २१, पहिरोले १२, चट्याङ र जनावरको टोकाइबाट ११÷११ जनाको मृत्यु भएको हो । गृह मन्त्रालयका उपसचिव यमबहादुर कुँवरले पानीमा डुबेका र बगाएकालाई खोज्न गोताखोर उपलब्ध नहुँदा धेरै मृत्यु भएको बताए । उनले विपद्बाट जोगाउन पूर्वतयारी र प्रतिकार्य योजना कमजोर हुँदा पनि विपद्का घटना व्यवस्थापन र क्षति न्यूनीकरणमा समस्या भएको बताए । लुम्बिनीमा पहाड, हिमाल र तराईका गरी १२ जिल्ला छन् । त्यसमध्ये दाङ सबैभन्दा धेरै प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ ।
विपद्बाट सबैभन्दा धेरै महिला, बालबालिका, अपांगता भएका र ज्येष्ठ नागरिक परेका छन् । विपद्बारे पूर्व सुचना प्रणाली र विपद्बाट बच्ने उपाय नजान्ने तथा सामाजिक संरचना र भूमिका फरक हुनाले उनीहरु धेरै प्रभावित भएको सामाजिक विकास मन्त्रालयकी उपुसचिव शारदा वश्यालले बताइन् ।
विपदको क्षति घटाउन विपद पूर्वको तयारीदेखि उद्धार, राहत र पुर्नस्थापनाका काम लैंगिकता र समावेशी बनाउन उनले सुझाब दिइन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया