
लागु औषध खैरो हेरोईन सहित सैनामैनाबाट ४ जना पक्राउ

रुपन्देही । रुपन्देहीमा प्रहरीले लागुऔषध खैरो हेरोईनसहित चार जनालाई पक्राउ गरेको छ । साउन ८ गते दिउसो सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डी बजार स्थितमा लागु औषध खैरो हेरोईनको खरिद बिक्री कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा पुगेको प्रहरीको टोलीले चार जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले रूपन्देहीको सैनामैना १० सालझण्डी बजार स्थित ड्याम साईडमा खैरो हेरोईन जस्तो लागु पदार्थ खरिद बिक्री गरिरहेको अबस्थामा जिल्ला रूपन्देही कञ्चन गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष १८ को प्रतिक थापा, सैनामैना १० बस्ने बर्ष २६ को पट भन्ने सुनिल थारू, सोही स्थान बस्ने बर्ष २८ को जिसस भन्ने जित बहादुर दर्लामी र बर्ष २५ को डि के भन्ने दिनेश कुमार पुन लाई पक्राउ गरिएको जनाएका ेहो ।
उनीहरुको शरिर खानतलासी गर्दा ३२ थान पुडियामा गरी जम्मा २५ सय ६० मिली ग्राम लागु औषध खैरो हेरोईन फेला पारी पक्राउ गरीएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया