

तिनाउमा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु



बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–१५ मदौलीयाका ११ वर्षीय अमन थारुको शनिबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको भैरहवास्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपालले बताए ।
नेपालका अनुसार अमन अन्य तीन जना साथीहरुसँगै पौडी खेल्न खोलामा गएका थिए । सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा रहेको कौवाघाटदेखि दक्षिणतर्फ खोलाको हिलोमा गडेर डुबेको अवस्थामा अमनको शव दिउँसो २ बजेतिर स्थानीय बासिन्दाले निकालेका हुन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया