

जंगली च्याउले लिदैछ धमाधम मानिसहरुको ज्यान

रोल्पा । जंगली विषालु च्याउ खाएर रोल्पामा थप एक जनाको मृत्यु भएको छ । यससँगै रोल्पामा पछिल्लो १० दिनको अवधिमा जंगली च्याउ खाएर ४ जनाको मृत्यु भइसकेको छ ।
असार २६ मा च्याउ खाएर बिरामी भई उपचार गराइरहेकी लुंग्री गाउँपालिका–५ बुझिङ गाउँकी ७ वर्षीया रोशनी विकको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि च्याउ खाएर सोही गाउँका एकै परिवारका तीन जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार च्याउ खाएपछि उपचार गरारएकामध्ये ७ वर्षीया रोशनीको भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको हो भने उनीसँगै बिरामी भएका अन्य तीन जनाको बुटवलमा उपचार भइरहेको छ ।
गम्भीर बिरामी भएका ३ जनामध्ये २६ वर्षीया विमला विकको आईसीयूमा राखेर उपचार भइरहेको छ । २४ वर्षीया आकृति र ६ वर्षीया दिलमायाको बुटवलस्थित सिटी अस्पतालको इमेर्जेन्सी विभागमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले बताए ।
उनका अनुसार असार २६ मा च्याउ खाएर बिरामी भएका उनीहरु २९ असारमा सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइपुगेका थिए । त्यही प्राथमिक उपचार गरेर थप उपचारका लागि वुटवलमा पठाइएकामा खर्च अभाव भएको भन्दै सबै घरतिर फर्किएका थिए ।
प्रहरीका अनुसार पुनः स्वास्थ्यमा समस्या देखिएपछि सबैलाई आइतबार बुटवलमा पुर्याइएकोमा मंगलबार रोशनीको ज्यान गएको हो । अन्यलाई पनि प्राथमिकतासाथ उपचार गर्ने व्यवस्था मिलाइएको लुंग्री गाउँपालिकाका अध्यक्ष भरत थापाले बताए ।
अघिल्लो साता पूर्वी रोल्पाको लुंग्री–५ बुझिङ गाउँका एकै परिवारका तीन जनाको च्याउ खाएर मृत्यु भएको थियो । बुझिङ कालोपहरका दुर्गे गुरुङका श्रीमती ३३ वर्षीया भीमा गुरुङ, छोराहरु ११ वर्षीय सुशील र ६ वर्षीय प्रेमले जंगली च्याउ खाएर ज्यान गुमाएका थिए । उनीहरु सबैको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा गुरुङका सानो छोरा प्रेमको, ठूलो छोरा सुशील र भीमा गुरुङको मृत्यु भएको थियो । उक्त गाउँका च्याउ खाएर बिरामी भएका करिब एक दर्जनको उपचार भइरहेको छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया