

रेबिजविरुद्धको खोप अभाव





दाङ । शान्तिनगर गाउँपालिका २ का मेघराज डाँगीले घरमा पालेको कुकुरले पटक पटक गरी गाउँका तीन बच्चालाई टोक्यो। कुकुरले टोकेपछि रेबिजविरुद्ध खोप लगाउन उनले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याए।
शुरुमा उनले निःशुल्क खोप लगाएको भए पनि असारको पहिलो हप्ता फेरि अर्का बच्चालाई टोकेपछि खोप लगाउन आउँदा खोप पाएनन्।
उनले निजी अस्पतालबाट साढे ६०० का दरले तीन वटा खोप किनेर ल्याएर लगाए। सरकारी निःशुल्क रूपमा दिएको खोप निजी अस्पतालबाट किनेर ल्याउनेमा डाँगी मात्र नभइ विगत डेढ महिनादेखि अस्पतालमा सेवा लिन आउनेहरू छन्।
यसरी सरकारले निःशुल्क रुपमा दिदैँ आएको खोप किनेर ल्याउनु पर्ने भएपछि उनीहरूले सरकारी अस्पतालमा आउनुको औचित्य नभएको गुनासो गरे। लामो सम्म यसरी खोप उपलब्ध गराउन नसक्नु राज्यको कमजोरी भएको भन्दै यसतर्फ ध्यान दिनु पर्ने समेत बताउँछन्।
पछिल्लो समय अस्पतालहरूमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डेढ महिनादेखि भ्याक्सिन अभाव रहेको अस्पतालले जनाएको छ। पटकपटक भ्याक्सिनका लागि माग फाराम भरेर पठाए पनि अझै आउन नसकेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालले बताए अस्पतालमा भ्याक्सिन नहुँदा बिरामीलाई निजी अस्पताल पठाउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ।
रेबिज विरुद्धको भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाइन्छ। तर, सरकारी अस्पतालमै भ्याक्सिन अभाव भएपछि निजी अस्पताल पठाउनु पर्छ। निजी अस्पताल पठाउँदा एउटा भ्याक्सिनलाई ७०० रुपैयाँसम्म पर्छ। पछिल्लो समय निजी अस्पतालमा पनि भ्याक्सिन अभाव हुने गरेको छ। निजी अस्पतालहरूले पनि प्राप्त मात्रामा भ्याक्सिन राख्न नमिल्ने बताउँछन्। केही इमरजेन्सीको लागि मात्र भ्याक्सिन राखिने उनीहरूको भनाइ छ। प्रादेशिक अस्पताल तुलसीपुरमा १० दिनमा करिब ३०० भ्याक्सिन खपत हुने गरेको छ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि खोपको अभाव छ। विगत डेढ महिनादेखि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खोप पठाएको छैन। हाल प्रतिष्ठानमा दैनिक १५ जनासम्म रेबिज विरुद्धको खोप लगाउन आउने गरेका छन्। यस्तै बाँकेको भेरी अस्पतालमा पनि भ्याक्सिन अभाव छ। त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि विगत डेढ महिनादेखि खोप अभाव भएको मेडिकल सुपरिटेन्डेन्ट डा। सुदर्शन थापाले जानकारी दिए। अस्पतालमा अहिले दैनिक ४० जनासम्म यो खोपका लागि आउने गर्छन्।
प्रदेशमा ५८० मात्र भाइल भ्याक्सिन स्टक
लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रदेशमा ५८० भाइल मात्र रेबिजको भ्याक्सिन उपलब्ध रहेको बताए। ‘भ्याक्सिनको लागि हामीले पटक पटक ताकेका गर्दै आएका छौँ। तर, अझै नेपालमा २ हप्तासम्म त्यो औषधि उपलब्ध नहुने भन्ने खबर हामीलाई शनिबार मात्र आएको छ। अहिले भएकै बाट सेवा दिन भनेर पत्र समेत आएको छ’, उनले भने। पत्र प्राप्त हुने बित्तिकै प्रदेशका अर्थमन्त्रीसँग समन्वय गरेर केही रकम तत्कालीन रुपमा व्यवस्था गरेर एक–दुई हजार भाइल खरिद गरेर सहज बजाउन प्रयत्न गरिरहेको समेत उनले बताए।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया