

छानबिन समिति बनाउने सहमतिपछि प्रतिष्ठानको सेवा सुरु



दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु भएको छ । उपचारका क्रममा ११ वर्षीय बालकको ज्यान गएको घटनापछि पीडित पक्ष र अस्पतालबीच गएराति भएको वार्तामा सहमतिमा जुटेपछि अस्पतालको सेवा सुरु भएको हो ।
सहमतिपछि परिवारले आज बिहान बालकको शव बुझेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले बताउनुभयो । बालकको ज्यान गएपछि आफन्तले गरेको आन्दोलनका कारण प्रतिष्ठानको सेवा दुई दिनदेखि प्रभावित भएको थियो । पीडित र अस्पताल पक्षबीच घटनाको छानबिन गर्ने र घोराही–३ का वडा अध्यक्षको नेतृत्वमा छानबिन समिति बनाउने सहमति भएको छ ।
त्यस्तै पीडित परिवारका लागि शैक्षिक योग्यताअनुसार मृतकको परिवारलाई रोजगारी दिने, आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने र त्यसका लागि घोराही उपमहानगरपालिकालाई राहत उपलब्ध गराउन अनुरोध गर्ने सहमति भएको छ । यस्तै पीडित परिवारका लागि सहयोग गर्न संघ र प्रदेश सरकारका समक्ष आग्रह गर्ने सहमति पनि भएको छ ।
छारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षका आक्रोश नेपालीको अस्ति बिहान ज्यान गएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको भन्दै आन्दोलन गरेका थिए ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया