

दाङमा बालकको मृत्यु भएपछि अस्पताल तनावग्रस्त





दाङ । उपचारका क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबारदेखि सुरू भएको तनाव शुक्रबारसम्म जारी छ । छारे रोगका बिरामी घोराही उपमहानगरपालिका(३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीबार प्रतिष्ठानमा मृत्यु भएको थियो ।
एमआरआई गर्ने क्रममा स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालकको ज्यान गएको आफन्तहरूको आरोप छ । अस्पतालको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तहरूले शुक्रबार बिहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गरिरहेका छन् । नेपालीको स्वास्थ्य समस्या बढेर मृत्यु भएको प्रतिष्ठानका रजिस्ट्रार प्रकाश थापाले बताए ।
नेपालीलाई अक्सिजन सिलिन्डरसहित एमआरआई कक्षमा लगिएकोमा एमआरआईको चुम्बकले सिलिन्डर तानेको थियो । सिलिन्डर एमआरआई मेसिनमा टाँसिन पुग्दा मेसिनमा क्षति पुगेको छ ।
यसबाट बालकलाई असर परेर मृत्यु भएको परिवारको दाबी छ । रजिस्ट्रार थापाले भने सिलिन्डरलाई चुम्बकले तानेको भए पनि बालकलाई कुनै पनि चोटपटक नलागेको बताए ।
प्रतिष्ठानमा निरन्तर प्रदर्शन भएपछि सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए । मृतकका आफन्तहरूसँग छलफल भइरहेको र घटनाबारे अध्ययन गर्न एक समिति बनाउने तयारी भइरहेको उनले बताए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया