

१३ वर्षीय बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ


पाल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिहीबार एकजना पक्राउ परेका छन्। रोल्पा घर भई लामो समयदेखि तानसेन नगरपालिका–७ बाहुनटोल बस्दै आएका ३१ वर्षीय कमल सुनार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।
बुधबार बेलुकी साढे सात बजे आफ्नै कोठामा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। यहाँ उनी कोठा भाडामा लिएर बस्दै आएका छन्। ती बालिकाको हजुरआमाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको थापाले बताए।
जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया