

घुस रकम सहित पालिकाका इन्जिनियर परे अख्तियारको फन्दामा


रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिनका लागि सेवाग्राही संग घुस मागेका थिए ।
घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैया घुस लिइसकेको अवस्थामा उक्त रकम सहित नियन्त्रणमा लिएको आयोगले उल्लेख गरेको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया