

घुस रकम सहित पालिकाका इन्जिनियर परे अख्तियारको फन्दामा



रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिनका लागि सेवाग्राही संग घुस मागेका थिए ।
घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैया घुस लिइसकेको अवस्थामा उक्त रकम सहित नियन्त्रणमा लिएको आयोगले उल्लेख गरेको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया