

लुम्बिनी प्रदेशमा रोपाइँ : सबैभन्दा बढी प्युठानमा, कपिलवस्तुमा कम

बुटवल
लुम्बिनी प्रदेशमा मध्य असारसम्म ११ प्रतिशत रोपाइँ भएको छ । वर्षा ढिलो भएका कारणले प्रदेशका १२ वटै जिल्लामा अहिले रोपाइँ विगतका वर्षमा भन्दा कम भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।
कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार गत वर्ष यही अवधिमा करिब ३२.७१ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफल हो । जसमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ, जुन प्रतिशतको हिसाबले ११.०९ हो ।
यस्त, धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ । दाङ जिल्लामा धान रोपाइँ हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको जनाइएको छ ।
यस्तै प्रदेशको प्युठान जिल्लामा सबै भन्दा धेरै ८० प्रतिशत भएको छ भने सबै भन्दा कम कपिलवस्तुमा हाल सम्म ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
सम्रग लुम्बिनी प्रदेशमा कहाँ कति भयो त



खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया