

लुम्बिनी प्रदेशमा रोपाइँ : सबैभन्दा बढी प्युठानमा, कपिलवस्तुमा कम



बुटवल
लुम्बिनी प्रदेशमा मध्य असारसम्म ११ प्रतिशत रोपाइँ भएको छ । वर्षा ढिलो भएका कारणले प्रदेशका १२ वटै जिल्लामा अहिले रोपाइँ विगतका वर्षमा भन्दा कम भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।
कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार गत वर्ष यही अवधिमा करिब ३२.७१ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफल हो । जसमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ, जुन प्रतिशतको हिसाबले ११.०९ हो ।
यस्त, धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ । दाङ जिल्लामा धान रोपाइँ हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको जनाइएको छ ।
यस्तै प्रदेशको प्युठान जिल्लामा सबै भन्दा धेरै ८० प्रतिशत भएको छ भने सबै भन्दा कम कपिलवस्तुमा हाल सम्म ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
सम्रग लुम्बिनी प्रदेशमा कहाँ कति भयो त



खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया