
दाङमा लागुऔषध दुर्व्यसनीका घटना बृद्धी

दाङ। दाङमा लागुऔषध दुर्व्यसनीका घटना बर्सेनि बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको बितेका तीन वर्षको तथ्याङ्कले जिल्लामा लागुऔषधका घटना बर्सेनि बढेको देखाउँछ ।
दाङमा प्रहरीले चालु आर्थिक वर्ष २०७९र८० को ११ महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जनालाई पक्राउ गरेको छ । गत वर्षको साउन महिनादेखि जेठ महिनासम्म दर्ता भएका विभिन्न प्रकृतिका ५६ वटा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जना लागुऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका हुन् । जसमा २३४ ग्राम ६७२ मिलीग्राम ब्राउनसुगर ९खैरो हिरोइन० सहित सबैभन्दा धेरै ९४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरीक्षक गौतमका अनुसार १० किलो दुई सय ग्राम चरेससहित पाँच जना, १३ किलो ३७५ ग्राम गाँजासहित पाँच जना र ३८४ ट्याब्लेटसहित नौ जनालाई पक्राउ गरेको छ ।
आर्थिक वर्ष २०७८र७९ मा लागुऔषधसम्बन्धी ५९ मुद्दामा ११६ जना पक्राउ परेका थिए । जसमा ३९१ ग्राम ४१८ मिलीग्राम ब्राउनसुगर ९खैरो हिरोइन० सहित ९३ जना, १७ किलो ५१ ग्राम चरेससहित चार जना, आठ ग्राम ७६० मिलीग्राम अफिमसहित चार जना, सात किलो ३८५ ग्राम गाजासहित छ जना र १०१६ ट्याब्लेटसहित नौ जना गरेर गत आर्थिक वर्ष ११६ जना लागुऔषध कारोबारी तथा प्रयोगकर्ताहरू पक्राउ परेको जिल्ला प्रहरीक कार्यालय दाङले जनाएको छ ।
प्रहरीले आर्थिक वर्ष २०७७र७८ मा जिल्लाका विभिन्न ठाउँबाट ३९ वटा मुद्दामा ७६ जना लागुऔषध प्रयोगकर्ता एवं कारोबारीलाई पक्राउ गरेको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया