

लुम्बिनी प्रदेशका चारवटै उपमहानगरले ल्याए नयाँ बजेट, कुन उपमहानगरको कति हेर्नुहोस्


राजेन्द्र खनाल, कपिलवस्तु । लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकासहित देशभरका अधिकाशं पालिकाहरुले आज आगमी आर्थिक वर्ष २०८०/ ८१ को बजेट ल्याएका छन् । केही पालिकाहरुले केही दिन अघि देखिनै बजेट सार्वजनिक गरिरहेका थिए । तर संवैधानिक व्यवस्था अनुसार स्थानीय तहहरुले हरेक वर्ष असार १० गते भित्र पालिकाको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार आज अधिकाशं पालिकाले बजेट पेश गरेका हुन ।
लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३६ करोड रुपैयाँको बजेट पेश गरेको छ । उपमहानगर नगरसभाको १३ औँ अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षा र स्वास्थ्य क्षेलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिएर २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट पेश गर्नुभएको हो । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷८१ मा २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानको ३० करोड १७ लाख, सशर्त अनुदानको ४७ करोड ९२ लाख, समपूरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड रहेको छ ।
यस्तै दाङ स्थित घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगर उपप्रमुख हुमाकुमारी डिसीले आइतबार नगरसभाको १३ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै देशको आर्थिक स्रोतमाथि देखिएको संकुचनका कारण बजेटको आकार चालु आर्थिक वर्षभन्दा ७.४५ प्रतिशतले घटाएको जानकारी दिनुभयो ।
चालुतर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार अर्थात् ५९.४० प्रतिशत र पुँजीगततर्फ ८७ करोड ५१ लाख ४३ हजार अर्थात् ४०.६० प्रतिशत बजेट विनियोजन भएको डिसीले बताउनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को कूल बजेट १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार आएको छ । पालिकाले गतवर्ष एक अर्ब ८६ करोड ४७ लाखको बजेट ल्याएको थियो । यो आर्थिक वर्षको बजेट गत वर्षभन्दा सात करोड १३ लाख कम आएको हो ।
पालिकाको बजेट आन्तरिक स्रोततर्फ ३६ करोड १५ लाख रहेको छ गतवर्ष भने ३० करोड १२ लाख रहेको थियो । आन्तरिकतर्फ गत वर्षभन्दा करिब ६ करोड तीन लाख बढी रहेको छ ।
गत वर्षको बजेटमा संघीय समानीकरण अनुदानतर्फ ३३ करोड ६२ लाख रहेको थियो भने यो आर्थिक वर्षमा २९ करोड आठ लाख रहेको छ । गत वर्षभन्दा चार करोड कम रहेको छ । उपप्रमुखको अनुपस्थितमा नगरका प्रवक्ता माधव वलीले आज कार्यक्रमबीच बजेट प्रस्तुत गर्नुभयो ।
यस्तै लुम्बिनी प्रदेशको अर्काे उपमहारको रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ ।
उपमहानगरका उपप्रमुख कमरुद्धिन राईले आगामी आव २०८०–८१ का लागि रु एक अर्ब ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नुभयो । सो बजेट चालु आवको भन्दा रु चार करोडले बढी हो । चालु आवका लागि रु एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार चार सयको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आयसमेतका आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको थियो ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया