

दाङमा बन्ने भयो प्रदेश स्तरीय रङ्गशाला



दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ कारौतिडाँडामा प्रदेश स्तरीय रङ्गशाला बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवको योजनाकै रूपमा नेत्रलाल अभागी खेलकुद रङ्गशालाको निर्माण कार्य अघि बढाएको हो ।
इन्डोर र आउटडोरका सबै खेल खेल्न मिल्ने गरी २७ विगाहा क्षेत्रफलमा अत्याधुनिक खेलकुद रङ्गशाला बनाइने प्रदेश सरकारको गुरुयोजना रहेको छ । अहिलेसम्म एक करोड ५६ लाख बजेटबाट मैदान सम्याउने र वाल लगाउने काम भएको नेत्रलाल अभागी रङ्गशाला व्यवस्थापन समितिका अध्यक्ष देउमान दमाईले जानकारी दिए ।
आर्थिक वर्ष २०७६÷७७ बाट निर्माण प्रक्रिया सुरु भएको रङ्गशाला सुरुमा ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, प्रदेश सरकार परिवर्तन हुँदा पर्याप्त बजेट अभावका कारण थप संरचना निर्माणको काम गर्न समस्या हुने समितिले जनाएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया