

रोल्पाको जलजलाबाट हराएका दाङका खत्री मृत फेला



रोल्पा । रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलामा बराह पूजा गर्न जाँदा गत जेठ २१ गतेदेखि हराएका दाङ तुलसीपुर उपमहानगरपालिका–१८ का शेरबहादुर खत्री तीन साता पछि मृत फेला परेका छन् । उनकोे शव ३ सातापछि भेटिएको हो ।
प्रहरीका अनुसार ६७ वर्षीय खत्री हराएपछि उनको खोजी गरिएको थियो । पूजाआजा गर्न आएका उनी हराएको करिब ३ हप्तापछि शुक्रबार उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारु मगरका अनुसार जलजला आसपासको जंगलमा घोडावालाले शव भएको खबर गरेपछि खोज्दै जाँदा खत्रीको शव फेला पारिएको हो ।
शव पहिचानका लागि थबाङबाट प्रहरी परिचालित भएको छ । प्रहरीले शव पहिचानका लागि दाङमा रहेका खत्रीका छोरा र भाइसहितका आफन्तलाई बोलाइएको जनाएको छ ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया