प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा

प्रधानमन्त्री राहत काेषमा अहिलेसम्म पाैने १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो ।

अहिले नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ रुपैयाँ मौज्दात छ ।

कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपैयाँ रसुवाका बाढी पीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएकाे छ ।

यसैगरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै