

पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ



भोटेकोशी हिमबाढीले निम्त्याएको महाविपतको सामना गरिरहेको नेपालप्रति उदार बनेर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले अपिल गरेको छ ।
भोटेकोशी बाढीले विनास गरेको स्थलको अवलोकनपछि राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक लीला पिटरस याहियाले नेपाललाई उदार बनिदिन विश्वका मुलुकलाई आज अपिल गर्नु भएको हो ।
बाढीपछि क्षतविक्षत बनेका विभिन्न स्थानको अवलोकनपछि निकै भावविह्लल हुनु भएकी उहाँले पहिले मानव जीवनको ठूलो चहलपहल रहेको स्थान अहिले चकमन्न रहेको टिप्पणी गर्नुभयो । नेपालस्थित राष्ट्रसङ्घको कार्यालयका तर्फबाट वक्तव्य जारी गर्दै उहाँले ती स्थानमा कुनै समय मानिस, घर, सडक, पुल र हरिया खेत रहेको बताउनुभयो ।
बाढीबाट प्रभावित मानिसलाई आश्रय र स्वच्छ पानीको आवश्यकता टड्कारो रहेको उहाँले उल्लेख गर्नुभयो । साथै, सुचारु रूपमा सञ्चालित स्वास्थ्य चौकी र आफ्नै हातमा नगद रकम पनि आवश्यक छ, ताकि उनीहरूले आफ्नो परिवारलाई सबैभन्दा पहिले के कुराको खाँचो छ भन्ने निर्णय आफैं गर्न सकून् ।
संयुक्त राष्ट्रसंघ नेपाल र सरकारले आगामी चार महिनाभित्र रसुवा, नुवाकोट र धादिङका ८४ हजार भन्दा बढी मानिससम्म सहयोग पुर्याउन चार करोड ९६ लाख अमेरिकी डलरको अपिल गरिरहेको उहाँले स्मरण गर्नुभयो ।
यी पहाडी भेगमा छिट्टै आउन लागेको जाडोयामले सहयोगको प्रतिबद्धता पूरा हुने वा रकम निकासा हुने प्रतीक्षा नगर्ने भन्दै उहाँले नेपालले पुनर्निर्माणको काम सुरु गरिसकेकाले त्यसका लागि साथ दिन अनुरोध गर्नुभयो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया