
अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लाबाट प्रहरीले अवैध लागु औषधसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरु देशका विभन्नि जिल्लाबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित एक जना पक्राउ परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ बस्ने १९ वर्षीय गगन कार्कीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, दुहबी नगरपालिका–५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत राज्य बिहार जिल्ला अररिया पिपरा पञ्चायत–६ बिसनपुर टोल बस्ने २२ वर्षीय दिपेश यादव र भारत राज्य बिहार जिल्ला अररिया मझवा पश्चिम पञ्चायत–३ ईन्द्रपुर रानीगन्ज टोल बस्ने २० वर्षीय अभिषेक यादव रहेका छन् । प्रहरी पोष्ट दुहबीबाट खटिएको प्रहरीले को.१ ख ७८७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका–१ बस्ने २४ वर्षीय हेम सिंह साउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी–४ बस्ने १७ वर्षीय किशोर र बारा ईटयाही गाउँपालिका–१२ बस्ने १४ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज ८६८८ नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा माइक्रोबसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया