समाजवादी माेर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धकाे घाेषणा : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको जिकिर गर्नुभएकाे छ ।

सोमवार ‘समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मोर्चा घोषणा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताउनुभएको हो । उहाँले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरूविरुद्धको युद्ध भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी परिवर्तनका पक्षधर विभिन्न सङ्घर्ष र बलिदानबाट गुज्रिएका पार्टी र नेताहरूलाई, विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरूले टाउको उठाउन खोजेकै छन्, याे माेर्चा उनीहरूकैविरुद्ध युद्धको घोषणा हो ।’

प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्त्व भएको बताउनुभयो । उहाँले विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहरूमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयाे ।

प्रधानमन्त्रीले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भूमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया

खबर सबै