

लुम्बिनी केबुलकारको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सहयोग आवश्यक’


रूपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बन्दै गर्दा दुर्घटनाको डिलमा रहेको अर्थतन्त्रलाई सुधार गरेर अहिलेको अवस्थामा ल्याएको पनि दाबी गरे ।आईएमई समूहको लगानी र प्रवर्द्धनमा बुटवलमा सञ्चालनमा आएको लुम्बिनी केबुलकारको उद्घाटन गर्दै बिहीबार प्रधानमन्त्री दाहालले दुर्घटनाको डिलमा रहेको अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहेको पनि बताए ।
‘म प्रधानमन्त्री बन्दै गर्दा देशको अर्थतन्त्र झन्डै(झन्डै दुर्घटनाको डिलमा थियो,’ उनले भने, ‘निजी क्षेत्रको सहयोग र सरकारको अधिकतम प्रयासले अर्थतन्त्रमा अहिले केही सुधार देखिन्छ ।’ देशको अर्थतन्त्रलाई चलायमान गराउने गतिविधिका हरेक योजनामा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनले बताए ।
प्रधानमन्त्री दाहालले केबुलकारले लुम्बिनी आउने भारतीय पर्यटकलाई यस क्षेत्रमा बास बस्न र पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए । लुम्बिनी केबुलकारले भारतसँगको सम्बन्धलाई पनि अझै उचाइमा पुर्याउने उनको दाबी थियो । प्रधानमन्त्री दाहाल बोल्नुअघि भारतको उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले बोलेका थिए । उनले नेपाल र भारतको सम्बन्ध संस्कृति र धार्मिकतासँग जोडिएको बताएका थिए । त्यसले पनि लुम्बिनी आउने उत्तर प्रदेशका जनतालाई बुटवलको केबलकारले आकर्षित गर्ने बताए । दुवै देशको सम्बन्ध जनस्तरको हुनुपर्ने उनको सुझाव थियो । प्रधानमन्त्री दाहालले पनि भारत भ्रमणले नेपाल र भारतको सम्बन्ध जनस्तरमा लैजानका लागि सहयोग भएको बताएका थिए ।
बुटवल उपमहानगरपालिका ३, गोलपार्कस्थित बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुर डाँडोलाई जोड्ने गरी निर्माण भएको केबुलकारमा निजी क्षेत्रको साढे ३ अर्ब लागनी छ । साढे दुई किलोमिटर दुरी रहेको लुम्बिनी केबुलकार लुम्बिनी प्रदेशकै पहिलो केबुलकार हो ।
लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए । उद्घाटन कार्यक्रममा रूपन्देहीको निर्वाचन क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले लुम्बिनी केबुलकार र भैरहवाको अन्तराष्ट्रिय विमानस्थल सञ्चालनले बुटवल र सिंगो लुम्बिनी प्रदेशको धार्मिक पर्यटन र आर्थिक अवस्थामा परिवर्तन ल्याउने बताए । केबलकारको बटम स्टेसन समुद्री सतहबाट २ सय ३० र बटम स्टेसन ९ सय ४० मिटरको उचाइमा रहेको छ ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया