

एमाले नगर कमिटी सचिवसहित ७४ जनाले दिए सामूहिक राजीनामा



रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
राजीनामा दिनेमा नगर कमिटीका सदस्यहरू, अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय युवा सङ्घ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष तथा सदस्यलगायत छन् । पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एमाले सिद्धार्थनगर नगरभित्रका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताले झण्डै एक महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझाव पत्र पेस गरेका थिए ।
उहाँले पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट बचाएर एक ढिक्का पार्दै अगाडि लैजान ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा सङ्गठनात्मक सुधारको लागि सुझाव पत्र पेस गरिएको जानकारी दिनुभयो ।
इमान्दार कार्यकर्ताहरूले पार्टी सुधारको माग गर्दा पनि नदेखेझैँ गरी वार्ता, छलफल र एउटा उचित निष्कर्ष निकाल्नुको साटो व्यक्तिगत आलोचना गर्ने, व्यक्तिगत कारबाही गर्छौँ भन्दै हिँड्ने, पार्टी सङ्गठनात्मक र संस्थागत रुपलेभन्दा पनि व्यक्तिगत र गुटगत तरिकाले हेर्ने, व्यवहार गर्ने, पार्टीका माथिल्लो तहसम्म पनि खबर गर्दा नसुनेजस्तो गर्ने गरी आलटाल गरेकाले बाध्य भएर राजीनामा दिएको भण्डारीले बताउनुभयो ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया