
कपिलवस्तुमा एक युवाले गरे आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या

कपिलवस्तु। प्रेमिकासंग खटपट परे पछि कपिलवस्तुको बाणगंगामा एक युवकले आफ्नो प्रेमिका र उनका काकाकाे हत्या गरेका छन् । बाणगंगा नगरपालिका ५ मटेरिया गाउँमा आक्रोसित ति युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
बिहीवार बिहान सवा ९ बजेतिर रुपन्देहीको कंचन गाउपालिका २ का २२ बर्षिय मोहन थारुले प्रेमिका २२ बर्षिया अन्जीन थारु र उनका काका ७० बर्षिय बम बहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ ।
चक्कु प्रहार पछि दुबै जना गंभीर घाईते भएका थिए। बम बहादुरको ४ नम्बरमा उपचारकोक्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए।
चक्कु प्रहार गर्ने मोहन थारु प्रहरी नियन्त्रणमा छन्। मोहन र अन्जनी बिच प्रेम सम्बन्ध रहेकाे र दुबै बिच केही बिषयमा बिवाद बढे पछि अन्जीनीले मोहनलाइ बेवास्ता गर्दैै आएकी थिईन्। सोही बिषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया आएका थिए। घटनाको अनुसंधान र सोधपुछ भईरहेको प्रहरी नायब उपरिक्षक घलेले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया