
मदिराको सक्कली बोतमा नक्कली रक्सी, रुपन्देहीबाट समातिए २ जना

रुपन्देही । मदिराको अवैध कारोबार गर्ने दुई जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डको मदिराको बोतलमा अवैध तरिकाले मदिरा भरेको र नक्कली अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको आरोपमा प्रहरीले सिद्धार्थ नगर नगर पालिका वडा नम्बर ३ बाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक किशोर केसीका अनुसार पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ बस्ने २९ बर्षिय मूख्तार पठान र सोही ठाउ बस्ने २८ बर्षिय नविन पन्थी रहेका छन् । प्रहरीले यी दुई युवकबाट ८८४८ ब्राण्डको १८० मिलिलिटरको ४१ थान मदिरा, १८० मिलिलिटरको सिग्नेचर ब्राण्डको १२ थान, ३७५ मिलिलिटरको ४ थान, गोल्डन ओक १८० मिलिलिटरको ४ थान, ओल्ड दरबार ३७५ मिलिलिटरको ४ थान, १८० मिलिलिटरको ३ थान र ब्ल्यक चिम्नी ब्राण्डको १ बोतल मदिरा बरामद गरेको छ । यस्तै प्रहरीले यी दुबैबाट ५ सय ९३ थान नक्कली अन्तःशुल्कको स्टिकर पनि बरामद गरेको केसीले बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा भाडामा घर लिई यी दुवै युवाले ब्राण्डेड मदिराका बोतलमा अवैध तरिकाले कमसल रक्सी भरेर, त्यसमा नक्कली स्टिकर टाँसेर बजारमा बिक्रि बितरण गर्ने गरेका थिए । बजारमा नक्कली मदिरा बिक्रि भएको गुनासो बढे पछि मदिरा ब्यवसायी संघले यस बिषयमा चासो राखेको थियो । “बुझ्दै जादा नक्कली मदिरा बिक्रि बितरणमा यी दुई युवाहरुको संलग्नता देखियो ।” मदिरा ब्यवसायी संघ भैरहवाका अध्यक्ष केशव ज्ञवालीले भने “भैरहवाकै एक होटलबाट उनिहरुद्वारा बिक्रि गरिएको मदिरा फेला परे पछि प्रहरीको सहयोगमा उनिहरुलाई कार्यवाही अगाडी बढाईएको हो ।”


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया