
भारतीय नोटसहित कपिलवस्तुबाट २ जना समातिए

कपिलवस्तु । कपिलवस्तु प्रहरीले करिब पाँच लाख भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ । ट्याक्टरसँग ठोक्किएर मोटरसाइलमा भाग्न खोजेका कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका ९ का ३५ वर्षीय मनोज कुमार गुप्ता र पछाडी सवार कृष्णनगर नगरपालिका ३ का ४४ वर्षीय सोम नाथ चौहान रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताउनुभयो । उनीहरुलाई वडा प्रहरी कार्यालय तौलिहवाको टोलीले नियन्त्रणमा लिएको हो ।
तौलिहवाको बहादुरगञ्ज जाने चोकमा बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको लु ७६ प ८५७ नं को मोटरसाइल र विपरित दिशातर्फ जाँदै गरेको लु २ त ५१२१ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएको थियो ।
यस्तै, बहादुरगञ्ज चोकस्थित एक बिर्यानी पसलमा खाएर मोटरसाइलमा सवार भएपछि कसैले पछ्याएको लागेपछि दुबै जना आत्तिएका थिए । मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।
दुबैले शंकास्पद गतिविधी देखाएपछी तत्कालै खान तलासी र चेकजाच गर्नेक्रममा मोटरसाइकलको लेगगार्डमा पहेलो प्लाष्टिकभित्र भारतीय रुपियाँ बरामद भएको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो । भारतिय रुपियाँ ५०० दरको १० गड्डी (९९९ थान ) नोट फेला परेको थियो । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको उक्त मोटरसाइकल तथा ट्याकटर चालक प्रहरी नियन्त्रणमा छन् ।
बरामद भएको भारतीय नोटसहित दुबै जनालई राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइने तयारी भएको प्रहरी उपरिक्षक बस्नेतको भनाइ छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया