

बुटवल बन्यो पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगर



बुटवल । बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिसका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
बुटवलले १६ महिनादेखि २ वर्षसम्मका बालबालिकाहरुले १५ महिनासम्ममा पाउनुपर्ने सम्पूर्ण खोप लगाएको र पूर्ण खोप सुनिश्चित गर्दै आवश्यक मापदण्डहरु पूरा गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरे । प्रमुख पाण्डेयले बुटवलमा कुनै पनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको र पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताए ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया