

कपिलवस्तुमा एक महिनामा २१ जना लागूऔषध कारोबारी पक्राउ परे



कपिलवस्तु । कपिलवस्तुबाट वैशाख महिनामा २१ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विशेष अभियान सञ्चालन गर्नुहुँदै लागू पदार्थ कारोबारलाई निरुत्साहन गर्न लागिएको हो । सीमा क्षेत्रमा लागू पदार्थ तस्करी समस्या बन्दै गएपछि न्यून गर्न प्रहरीको हरेक युनिटलाई सक्रिय गराएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।
सो अवधिमा १० केजी चरेस र १०.३९५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । यसैगरी, बुधबार शिवराज नगरपालिकाको हरि कुमारी रोकाको घरमा लुकाएर राखेको अवस्थामा चरेस बरामद भएको छ ।
पालिकाको वडा नम्बर ९ बानियाभारमा १०० ग्राम तौल भएको ४१ प्याकेट चरेस बरामद भएको छ । चरेससँगै तीन लाख ९६ हजार बढी रकम बरामद गरेको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।
लागूऔषध कारोबारमा संलग्न देखिएपछि प्रहरीले सोही नगरपालिका वडा नम्बर १ बनकट्टाका देवबहादुर कामीलाई समेत पक्राउ गरेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया