

अवैध काठसहित एक जना पक्राउ



पाल्पा । सालका अवैध काठसहित प्रहरीले तिनाउ गाउँपालिका २, दोभानका भीमबहादुर खत्रीलाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका २, दोभान हरियालीगाउँबाट बसको छतमा राखेर बुटवलतर्फ लैजाने क्रममा प्रहरीले जाँच गर्ने क्रममा तिनाउ गाउँपालिका ३, पैठेडाँडाबाट खत्री पक्राउ परेका हुन् ।
लुकाईछिपाई अवैध रुपमा लैजान खोजेको सालका चिरान काठ लु २ ख ५९०३ नम्बरको बसमा राखेर लैजाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
१८ दशमलव २ क्युफिट काठ लुकाएर रुपन्देहीको बुटवलतर्फ बिक्रीका लागि लैजान लागेको अवस्थामा पक्राउ परेको उनले बताए । दोभान प्रहरी चौकीले पक्राउ गरेका खत्री र बरामद भएको काठ डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिवन वन कार्यालयले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया