
अवैध काठसहित एक जना पक्राउ

पाल्पा । सालका अवैध काठसहित प्रहरीले तिनाउ गाउँपालिका २, दोभानका भीमबहादुर खत्रीलाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका २, दोभान हरियालीगाउँबाट बसको छतमा राखेर बुटवलतर्फ लैजाने क्रममा प्रहरीले जाँच गर्ने क्रममा तिनाउ गाउँपालिका ३, पैठेडाँडाबाट खत्री पक्राउ परेका हुन् ।
लुकाईछिपाई अवैध रुपमा लैजान खोजेको सालका चिरान काठ लु २ ख ५९०३ नम्बरको बसमा राखेर लैजाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
१८ दशमलव २ क्युफिट काठ लुकाएर रुपन्देहीको बुटवलतर्फ बिक्रीका लागि लैजान लागेको अवस्थामा पक्राउ परेको उनले बताए । दोभान प्रहरी चौकीले पक्राउ गरेका खत्री र बरामद भएको काठ डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिभिवन वन कार्यालयले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया