

बुटवलबाट नक्कली मह बनाएर बेच्ने गिरोह नै प्रहरीको फन्दामा



बुटवल । बुटवलमा नक्कली मह उत्पादन गर्ने कारखाना संचालन गर्दै आएका सात जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवल उपमहानगरपालिका ११ सिर्जनानगरमा चारवटा घर भाडामा लिएर भारतको बिहारका सात जनाले नक्कली मह उत्पादन गरी बिक्री गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले मौरीका सडेगलेका चाकालाई चिनी–पानीमा भिजाएर सक्कली मह भन्दै प्रतिकेजी एक हजार ६ सय रुपैयाँका दरले बजारमा बेच्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । स्थानीय र प्रहरीले कारखानामा छापा मारी त्यहाँबाट सात जना भारतीय नागरिकलाई पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा भारतको बिहार वीरपुरका ५२ वर्षीय मनिष धामी, सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षीय रविन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरका वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेललेले बताए । प्रहरी र स्थानीयको टोलीले शनिबार राति गस्तीका क्रममा खानतलासी गर्दा ४ क्विन्टलभन्दा बढी नक्कली मह फेला परेको थियो ।
आइतबार बिहान बुटवल–११ सिर्जना नगरस्थित वृन्दा मल्लाहको घरबाट २ बाल्टी तयार पारिएको नक्कली मह, ४ टिन मौरीको चाका बरामद भएको छ । बरामद गरिएको केही मह नष्ट गरिएको र केही नमूना परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया