

बुटवलबाट नक्कली मह बनाएर बेच्ने गिरोह नै प्रहरीको फन्दामा



बुटवल । बुटवलमा नक्कली मह उत्पादन गर्ने कारखाना संचालन गर्दै आएका सात जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवल उपमहानगरपालिका ११ सिर्जनानगरमा चारवटा घर भाडामा लिएर भारतको बिहारका सात जनाले नक्कली मह उत्पादन गरी बिक्री गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले मौरीका सडेगलेका चाकालाई चिनी–पानीमा भिजाएर सक्कली मह भन्दै प्रतिकेजी एक हजार ६ सय रुपैयाँका दरले बजारमा बेच्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । स्थानीय र प्रहरीले कारखानामा छापा मारी त्यहाँबाट सात जना भारतीय नागरिकलाई पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा भारतको बिहार वीरपुरका ५२ वर्षीय मनिष धामी, सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षीय रविन धामी, ४८ वर्षीय अरुण धामी र २८ वर्षीय वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरका वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेललेले बताए । प्रहरी र स्थानीयको टोलीले शनिबार राति गस्तीका क्रममा खानतलासी गर्दा ४ क्विन्टलभन्दा बढी नक्कली मह फेला परेको थियो ।
आइतबार बिहान बुटवल–११ सिर्जना नगरस्थित वृन्दा मल्लाहको घरबाट २ बाल्टी तयार पारिएको नक्कली मह, ४ टिन मौरीको चाका बरामद भएको छ । बरामद गरिएको केही मह नष्ट गरिएको र केही नमूना परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया