
बर्दियामा लघु वित्तीय संस्थाविरुद्ध भयो प्रदर्शन

बर्दिया । लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले शनिबार सदरमुकाम गुलरियामा विरोध प्रदर्शन गरेको छ । लघु वित्तीय संस्था खारेज, सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत पाँच सुत्रीय माग राख्दै प्रदर्शन गरिएको हो ।
ठूलो संख्यामा गाउँ गाउँबाट आएका महिलाहरुले लघु वित्तीय संस्थाविरुद्ध नाराबाजीसहित बजार परिक्रमा गरी कोणसभा गरेका थिए । संघर्ष समिति गुलरिया नगर अध्यक्ष रञ्जीतबिक्रम शाहले लघु वित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, लघु वित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानको निस्शुल्क ऋण प्रदान गर्न पाँच सुत्रीय माग रहेको बताए । उनले आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था हुनु पर्ने र समाजवादी अर्थतन्त्रको विकास लागू गर्न सरकारसँग माग गरेको जनाए ।
विगत केही समययता लघु वित्तीय संस्थाविरुद्ध रिले अनशनदेखि तालाबन्दी र प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनलाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कान्तिपुरबाट


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया