

बालिका बलात्कार अरोपमा दुई युवक पक्राउ



बर्दिया । बर्दिया राजापुर नगरपालिका—९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबारबलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य आरोपित र एक सहयोगी रहेको प्रहरीले जनाएको छ । उनीहरू बिहीबार पक्राउ गरेको जानकारी शनिबार दिएको हो ।
प्रहरीका अनुसार पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकी थिइन् । राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीया शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रनाउ सापकोटाले भने, ‘राधेश्याम घर बाहिर बसेर निगरानी गरिरहेका थिए, दुवै जनाविरुद्ध पीडित बालिकाले बलत्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रनाउ सापकोटाले जनाए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया