

नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय : प्रधानमन्त्री प्रचण्ड





लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमिमा बुद्धको जन्म नेपाली र नेपालीका लागि गर्वको विषय भएको बताउनु भएको छ ।
शुक्रबार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘ईशापूर्व ६२३ मा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीको सुन्दर बगैंचामा भयो । नेपाली भूमिमा बुद्धको जन्म नेपाल र नेपालीका लागि गर्वको विषय हो । उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्रै नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावनासमेत उपलब्ध गराएको छ ।’’
प्रधानमन्त्रीले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एक पटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता कति होला ? अन्दाज गर्न गाह्रो रहेको बताउनुभयो । उहाँले अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुने धारणा व्यक्त गर्नुभयो ।
सम्राट अशोकले ईशापूर्व २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्विनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेखसहितको एक–एक वटा गरी जम्मा ३ वटा स्तम्भ स्थापना गरेको उहाँको भनाई थियो । बुद्ध जयन्तीका अवसरमा आज बिहान लुम्बिनीमा बृहत् शान्ति ¥याली निकालिएको थियो ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया