

अदालतको आदेशपछि रोकियो पाल्पा दरबार क्षेत्रका संरचना भत्काउन


पाल्पा । तानसेन नगरपालिकाले भत्काइरहेको पाल्पा दरबार क्षेत्रका संरचना उच्च अदालतको आदेशपछि रोकिएको छ ।
नगरपालिकाले पाल्पा दरबार परिसरका संरचना भत्काउन थालेपछि उक्त काम रोक्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट परेको थियो । उच्च अदालतले तत्काल ती संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
उच्च अदालतको बुधबारको आदेशपछि भने संरचना भत्काउन रोकेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए । पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए ।
सामान हटाएपछि घरटहरा भत्काउन सुरू गरिएकोमा अदालतको पत्रपछि भत्काउने काम रोकेको नगरपालिकाले जनाएको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया