

सैनामैनामा झारफुक घटना प्रकरणः एक जना थुनामा, अरु सवै रिहा



बुटवल । रुपन्देहीमा झारफुकबाट बालिकाको मृत्यु प्रकरणमा संलग्न महिलालाई थुनामा राख्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ ।
जिल्लाको सैनामैना नगरपालिकामा झारफुकबाट बालिकाको मृत्यु भएको थियो । सो प्रकरणमा अदालतले बुधबार एक जनालाई थुनामा राख्न र अन्यलाई छाड्न आदेश दिएको हो ।
गत फागुन २० गते सैनामैना–१० फुलबारीकी १४ वर्षिया सिता ज्ञवालीको झारफुकको चरम यातनापछि मृत्यु भएको थियो । प्रहरीले अनुसन्धानका लागि घरपरिवारदेखी मवालीसम्मका आफन्तलाई पक्राउ गरी थुनामा राखेको थियो । जिल्ला अदालत रुपन्देहीको आदेशमा माता भनिने रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरिएको र अन्यलाई धरौटी तथा साधारण तारेखमा छोडिएको छ । प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको भनिएकी सोनिया रेश्मी, बालिकाका बाबु तारा ज्ञवाली र आमा लिलासहित छिमेकी तथा आफन्त गरी १८ जनालाई अनुसन्धानका लागि पक्राउ गरी मुद्दा चलाएको थियो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताको घर लग्ने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेका छन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया