रुपन्देहीमा गाउपालिका अध्यक्षको घरपछाडि राखिएको प्रेसर कुकर बम डिस्पोज

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि सिमेन्टको बोराभित्र राखिएको बम शनिबार दिउँसो १२ बजेतिर नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

बम राखेको ठाउँमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । घिमिरे नेपाली कांग्रेस रुपन्देहीका जिल्ला उपसभापति समेत हुन् ।

प्रतिक्रिया

खबर सबै