
बुटवलबाट विष्णु पौडेलले भने, ‘राजधानीको विषयमा अब रुमलिन हुँदैन’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजधानीका विषयमा रुमलिन नहुने बताएका छन् । शुक्रबार होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ११ औँ अधिवेशनको उद्घाटन गर्दै पौडेलले राजधानीको विषय छाडेर अन्य काम तिर लाग्न निर्देशन दिएका हुन् ।
होटल व्यवसायीहरुले प्रदेशको राजधानी दाङ लगिएपछि बुटवलमा आर्थिक प्रभाव परेको बताएका थिए । त्यसको जवाफमा पौडेलले विगतका कुराहरुलाई लिएर तनाव नलिएर आगामी दिनको योजनाका बारेमा छलफल गर्नुपर्ने बताए । विश्वका धेरै देशहरूका राजधानी एक सहरमा र आर्थिक केन्द्र अर्को सहरमा भएको उदाहरण दिँदै उनले बुटवल पनि आर्थिक केन्द्र भएको दाबी गरे ।
उनले बुटवलमा बनेका विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलहरूलाई सञ्चालनमा ल्याइने जिकिर गरे ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया