
महशुल नतिरेपछि प्राधिकरणले जब काटिदियो लुम्बिनी प्रदेशसभाको बिजुली !

दाङ । लुम्बिनी प्रदेश सरकारले विद्युत महशुल नबुझाउँदा प्रदेशसभा चार घण्टा विद्युतविहीन हुन पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत महशुल नबुझाउँदा सोमबार चार घण्टा विद्युत कटौती भएको हो।सोमबारको बैठक बस्नुअघि विद्युत काटिएको थियो। १ बजे प्रदेशसभा बैठक बस्ने सूचना थियो। विद्युत काटिएकै कारण ४५ मिनेट ढिलो बैठक बसेको थियो। जेनेरेटरे चलाएर बैठक सञ्चालन गरिएको थियो।
नेपाल विद्युत प्राधिकरण लमही शाखाले प्रदेश सरकारले विद्युत महशुल नबुझाएको भन्दै लाइन काटेको हो । सोमबार विद्युत काटिएको विषयले प्रदेशसभा बैठकमा समेत प्रवेश पाएको छ। प्रदेशसभा सदस्य दीपेन्द्र पुनले विद्युत काटिएका कारण अपमान भएको बताए।
‘यस्तो अपमान सहन सकिँदैन। पैसा तिर्नु थियो, अस्तिको दिन काट्या भए हुन्थ्यो। पैसा तिर्नु थियो, पर्सिको दिन काट्या भए हुन्थ्यो। पाँच मिनेट अगाडि काटिँदा योभन्दा ठूलो इन्सल्ट के हुन्छ?,’ उनले भने, ‘प्राधिकरणको प्रमुखले लिखित या मौखिक जवाफ यहाँ दिनुर्छ।’
यस्तै, अर्का प्रदेश सभा सदस्य बसिउद्दिन खाँले विद्युतको सामान्य महशुल नतिरेर सदनको मानहानी गरेको आरोप लगाए। ‘एउटा विद्युतको सामान्य बिल नतिरेर हाम्रो सदनको मानहानी गर्नुभएको छ,’ उनले सम्बोधनको क्रममा भने,‘मानहानी गरेबापत मुख्यमन्त्रीले रोष्ट्रमबाटै माफी माग्नुपर्छ।’ प्रदेश सरकारले ७ लाख ६३ हजार ३ सय ५० रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी छ। यो महशुलमा एक लाख २१ हजार ६ सय ५२ रुपैयाँ हर्जना रहेको कार्यालय प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए। पहिला विद्युत जडान प्रदेशसभा सचिवालयको नाममा थियो। केही महिनाको विद्युत महशुल प्रदेशसभा सचिवालयले तिरेको देखिन्छ।
पछि सबै विद्युत महशुल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिर्ने गरी मिटर नामसारी गरियो। बाँकी चार महिनादेखि विद्युत महशुल तिर्न बाँकी छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया