

नेपाल वायुसेवा निगमले भैरहवाबाट साताको दुई उडान स्लट पायो



रुपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले नियमित उडान गर्ने भएको छ। निगमले अप्रिलबाट लागु हुने गरी यो विमानस्थलबाट साताको दुईवटा उडान स्लट पाएको छ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार साताको मंगलबार र विहीबार उडान गर्ने तालिका पाएको छ। उनका अनुसार निगमले काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडान गर्नेछ। भैरहवाबाट उडानका लागि निगमले गृहकार्य थालिसकेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्। निगमले भाडादर भने तय गरेको छैन। प्राधिकरणले भैरहवाबाट उडान नगरेको भन्दै केही महिना अघि काठमाडौं–दिल्ली उडानको स्लट काटेको थियो।
त्यो स्लट काटेपछि प्राधिकरण र निगमको नेतृत्वबीच विवाद पनि भएको थियो। त्यसपछि प्राधिकरणलाई समस्यामा पार्न निगमले काठमाडौं–दिल्ली– भैरहवा– काठमाडौं उडानको प्रस्ताव राखेको थियो।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया