

कपिलवस्तुमा थपिदै छन् क्षयरोगी





कपिलवस्तु । कपिलवस्तुमा चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्ममा ४३१ जना नयाँ क्षयरोगी फेला परेका छन्। विश्व क्षयरोग दिवस २०२३ को अवसरमा स्वास्थ्य कार्यालयद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय हेल्थ असिस्टेन्ट सिद्धार्थकाजी बज्राचार्यले सो तथ्यांक प्रस्तुत गरेका हुन्। जसमध्ये १४४ महिला र २७३ पुरुष छन्।
फेला परेका बिरामीमा फोक्सोमा क्षयरोग लागेका ६५ प्रतिशत र बाँकी फोक्सोभन्दा बाहिर रोग लागेका हुन्। गत आव २०७८÷७९ मा भने कपिलवस्तुमा ९ सय जना क्षयरोगी फेला परेका थिए। राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०७६ अनुसार प्रतिलाख २ सय २५ नयाँ क्षयरोगी फेला पर्ने दर देखाएको छ। त्यस हिसाबले नेपालमा कुल ६९ हजार नयाँ रोगी हुनुपर्ने देखिन्छ। तर जिल्लामा १ लाख ३० हजारमा सो संख्या देखिएको हो। विगत ५ वर्षमा कपिलवस्तुमा क्षयरोगीको संख्या निकै बढेको देखिन्छ।
सरकारले मुलुकलाई क्षयरोगीविहीन परिकल्पना गरे पनि त्यो अझै साकार हुन सकेको छैन। सन् २०३५ सम्म बिरामी हुने दर र मृत्यु दरलाई घटाई रोग सर्ने प्रक्रियालाई रोकी क्षयरोगलाई प्रमुख जनस्वास्थ्यको समस्याको रूपमा रहन नदिने लक्ष्य छ। सन् २०५० सम्म १० लाखमा प्रति एक रोगी फेला पार्ने दरमा झार्ने लक्ष्य सरकारको छ।


खबर सबै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ











प्रतिक्रिया