
राष्ट्रिय जनगणनाः २१ लाख बढी नेपाली विदेशमा, सबैभन्दा बढी लुम्बिनीबाट

काठमाण्डौ । राष्ट्रिय जनगणना २०७८ ले २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् ।
१५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको छ ।
यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो ।
अक्सर विदेशमा बसोबास गर्ने सङ्ख्यामा देशभरका नगरपालिकाबाट ६७।०४ प्रतिशत रहेका छन् भने गाउँपालिका क्षेत्रबाट विदेश जानेहरू ३२।९६ प्रतिशत रहेका छन् । प्रदेशगत रूपमा भने सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट १९।२ प्रतिशत जनसङ्ख्या विदेशमा बसोबास गर्ने गरेको पाइएको छ ।
सबैभन्दा कम कर्णाली प्रदेशबाट ४।३ प्रतिशत देश बाहिर रहेको पाइएको छ । विदेशमा अक्सर बसोबास गर्ने परिवारमा अनुपस्थित सबैभन्दा बढी काठमाण्डौ, कैलाली, झापा, रुपन्देही र मोरङबाट छन् । यी प्रत्येक जिल्लाहरूबाट कम्तीमा ७० हजारभन्दा बढी व्यक्ति अनुपस्थित देखिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया