

तिलोत्तमाको एक पछि अर्काे निर्णय, कुकुर पाल्न अब अनुमति पत्र चाहिने



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पछिल्लो समय एक पछि अर्काे गर्दे निर्णयहरु सार्वजनिक गरिरहेको छ । केही दिन यता तिलोत्तमाले नगरपालिकाको विकास र नगरबासीको दैनिकीलाई व्यवस्थित गर्न विभिन्न निर्णण् गरिरहेको छ । नगरपालिकका पछिल्लो सूचना अनुसार अब तिलोत्तमा नगरपालिका भित्र कुकुर पालनका लागि अब अनिवर्या अनुमति लिनुपर्ने भएको छ । घर पालुवा कुकुर भएमा ३५ दिनभित्र अनिवार्य रुपमा अनुमतिपत्र लिन आग्रह गर्दै नगरपालिकाले बुधबार एक सूचना जारी गरेको हो ।
समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरपालिकाले वातावरण स्वच्छ राख्नका लागि घरपालुवा जनावरलाई समेत नियमन गर्न लागेको हो । नगरपालिकाले चैत्र ८ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनिवार्य रुपमा घरपालुवा कुकुरका लागि अनुमतिपत्र लिन निर्देशन जारी गरेको हो ।
नगरपालिकाको पशु दर्ता एम मार्फत अनुमती पत्र लिन सकिने सूचनामा जनाइएको छ । नगरपालिकाको वेव साइटमा गएर पशुएम डाउनलोड गरी अनलाइनबाट नै अनुमतिपत्र लिन सकिने व्यवस्था गरिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल








प्रतिक्रिया