

तिलोत्तमाको एक पछि अर्काे निर्णय, कुकुर पाल्न अब अनुमति पत्र चाहिने





बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पछिल्लो समय एक पछि अर्काे गर्दे निर्णयहरु सार्वजनिक गरिरहेको छ । केही दिन यता तिलोत्तमाले नगरपालिकाको विकास र नगरबासीको दैनिकीलाई व्यवस्थित गर्न विभिन्न निर्णण् गरिरहेको छ । नगरपालिकका पछिल्लो सूचना अनुसार अब तिलोत्तमा नगरपालिका भित्र कुकुर पालनका लागि अब अनिवर्या अनुमति लिनुपर्ने भएको छ । घर पालुवा कुकुर भएमा ३५ दिनभित्र अनिवार्य रुपमा अनुमतिपत्र लिन आग्रह गर्दै नगरपालिकाले बुधबार एक सूचना जारी गरेको हो ।
समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरपालिकाले वातावरण स्वच्छ राख्नका लागि घरपालुवा जनावरलाई समेत नियमन गर्न लागेको हो । नगरपालिकाले चैत्र ८ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनिवार्य रुपमा घरपालुवा कुकुरका लागि अनुमतिपत्र लिन निर्देशन जारी गरेको हो ।
नगरपालिकाको पशु दर्ता एम मार्फत अनुमती पत्र लिन सकिने सूचनामा जनाइएको छ । नगरपालिकाको वेव साइटमा गएर पशुएम डाउनलोड गरी अनलाइनबाट नै अनुमतिपत्र लिन सकिने व्यवस्था गरिएको छ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार












प्रतिक्रिया