

थ्री स्टारलाई पाखा लगाउँदै सुदूरपश्चिम तिलोत्तमा गोल्डकपको फाइनलमा


बुटवल । थ्री स्टार क्लबलाई पाखा लगाउँदै सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको खेलमा थ्री स्टारलाई १(० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८७औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले टिमको जितका लागि निर्णायक गोल गरेका थिए ।
अब सुदूरपश्चिमले उपाधिका लागि मनाङ मर्स्याङदी क्लब र फ्रेन्डस क्लबबीचको विजेतासँग खेल्ने छ । यी दुई बीच भोलि सेमिफाइनल खेल हुने छ ।
दुई विभागीय सहित ८ टिमले प्रतिस्पर्धा गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुने छ ।


खबर सबै
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश






प्रतिक्रिया