

बुधबारदेखि मौसममा सुधार आउने





काठमाडौं । बुधबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षासँगै चिसो महसुस पनि भइरहेको छ । यसबाट कतिपय जिल्लाको जनजीवन प्रभावित भएको छ ।
हिजोआजको तुलनामा बुधबारदेखि भने मौसम सफा हुने वरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । ‘पानी पर्दै नपर्ने होइन, तर हिजो र आजको तुलनामा कम पानी पर्छ,’ कँडेलले भनिन् ।
अहिले प्रिमनसुन सिजनको समय छ । यही बेला स्थानीयस्तरमा विकसित भएको प्रणालीसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु पनि मिसिएकाले मेघ गर्जनरचट्याङसहित पानी परेको छ । प्रिमनसुन अघिको समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ । उच्च हिमाली भेगमा हिउँसमेत पर्ने गर्दछ ।
केही दिनयता पश्चिमदेखि पूर्वी नेपालसम्मै पानी परिरहेको र उच्च हिमाली भेगमा हिउँ परिरहेको कारण यही हो । त्यसैले यो समयमा सकेसम्म यात्रा नगर्न र यात्रा गर्नैपरे पनि पर्याप्त जानकारी लिन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मंसिर १५ गतेदेखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँद भनिन्छ । तर यस वर्ष फागुन दोस्रो हप्तामा मात्र हिउँदे वर्षा भएको थियो । यस वर्षको हिउँद अवधिभर ३४।२ मिलिमिटर वर्षा हुने अपेक्षा गरिएकोमा औसत ११।७ मिलिमिटर मात्र वर्षा भएको महाशाखाले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया