कुशल भुर्तेललाई तिलोत्तमाले नगदसहित सम्मान गर्ने

बुटवल । तिलोत्तमा नगरपालिकाले क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा १० खेल जितेर क्वालिफायरमा छनोट भएको नेपाली टोलीका भुर्तेल तिलोत्तमा नगरपालिकावासी हुन् ।

सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका भुर्तेललाई ५० हजार नगद सहित नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको उपप्रमुख जगेश्वरीदेवी चौधरीले बताइन् ।

‘तिलोत्तमा नगरवासी भएकाले कुशल भुर्तेललाई प्रोत्साहनका लागि नगरपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने शुक्रबार निर्णय भएको छ’(उपप्रमुख चौधरीले भनिन् ।

प्रतिक्रिया

खबर सबै