

होला त ? बाणगंगा बहुमुखी क्याम्पसको स्ववियु चुनाव

कपिलवस्तु
कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पस लौगाईमा आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चित बनेको छ ।
विद्यार्थी संगठन र स्ववियु निर्वाचन समिति बीच विवाद बढ्दै जादा यहाँको चुनाव अनिश्चित बनेको हो ।
उम्मेदवारको मनोनयनसम्म उत्साहजनक रुपमा अगाडी बढेको स्ववियु निर्वाचन प्रक्रिया त्यस पछिका दिनमा विवाद बढ्दै जादा चुनावै नहुने हो कि भन्ने आशंका बढेको छ ।
सुरुवातमा विद्यार्थी संगठन बीच नै असमझदारी बढ्दै जादा चुनावै नहुने स्थिति आएको हो ।
अनेरास्ववियुका उम्मेदवारले आफ्ना उम्मेदवारलाई दबाब, प्रभावमा पारी अराजनीतिक काम गरेको भन्दै बाम–लोकतान्त्रिक विद्यार्थी गठबन्धनले आपत्ति जनाउँदै स्ववियु चुनावको कक्षमा तालाबन्दी गरेको थियो ।
दोषि उपर कारबाहीको माग गर्दै तालाबन्दी गरे पनि मागको कुनै सुनुवाई नभए पछि आक्रोशित भएको गठबन्धन त्यस पछिका दिनमा झनै आक्रमक हुँदै गएको छ ।
स्ववियु चुनावमा विवाद बढ्दै जादा निर्वाचन समितिले विद्यार्थी संगठनका नेतालाई वार्ताका लागि बोलाए पनि ठोस सहमति जुट्न सकेको छैन ।
पछि क्याम्पसले स्ववियु चुनावको उम्मेदवारी दर्ता नियम विपरित गरेको भन्दै त्यसलाई खारेजीको माग गठबन्धनमा आवद्ध विद्यार्थी संगठनले गरेका छन् ।
३ सय ४० मतदाता रहेको यो क्याम्पसमा १५ सिटको स्ववियु पदाधिकारी हुन्छ । जसमा ८ जना प्रत्यक्षबाट निर्वाचित हुने छन् भने ७ जना समानुपातिकबाट चुनिने छन् । तर निर्वाचन समितिले १० जना उम्मेदवारलाई प्रत्यक्ष उम्मेदवार बनाए पछि त्यो बैधानिक नभएको भन्दै गठबन्धनका विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । त्यसलाई खारेज गरी नयाँ प्रक्रियाबाट निर्वाचनको थालनी गर्नुपर्नेमा गठबन्धन सम्बद्ध विद्यार्थी संगठनको माग छ ।
यता स्ववियु निर्वाचन समितिले पटक पटक विद्यार्थी संगठनलाई वार्ताका लागि बोलाएको तर निकास निस्कन नसकेको बताएको छ । तोकिएको समयमा चुनाव गर्नुपर्नेमा क्याम्पस तयार रहेको भन्दै विवादित विषयलाई वार्ता मार्फत समाधान गर्न निर्वाचन समितिको आग्रह छ ।
जिल्लाका अरु ७ क्याम्पसमा भने स्ववियु निर्वाचनको प्रक्रिया अगाडी बढेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया