

तिलोत्तमामा सरसफाइको १०० औं शृखला : यसरी बनाइयो मानव साङ्लो



बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मानव साङ्लोसहितको सरसफाइ अभियान सञ्चालन गरिएको छ । समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औं शृंखलाको अवसरमा मंगलबार नगरको ६ लेन सडकको १२ किलोमिटर दुरीमा दुबैतर्फ मानव साङ्लो बनाएर सरसफाइ गरिएको हो ।
योगिकुटीदेखि कोटिहवासम्म नगरबासीले एक—आपसमा हात समाएर सरसफाइ अभियानमा प्रतिबद्धता जनाए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागी रहेको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए ।
सरसफाइ तिलोत्तमाको पहिचान र सभ्यता हो भन्ने सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो बनाइएको उनले बताए । सहभागीहरुले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पु¥याउने प्रतिबद्धता जनाएका थिए ।
मंगलबार नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाइ स्मारक उद्घाटन समेत गरिएको छ । स्मारकका पुरुष र महिलाले सरसफाइ गरेको प्रतिमा राखिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया