

हात्तीपाइले विरुद्ध औषधि खुवाउने अभियान ५ दिन थपियो


कपिलवस्तु । फागुन ११ गते देखि जारी हात्तीपाइले बिरुद्धको औषधी सेवन अभियानको अवधि थपिएको छ । सरकारले कपिलवस्तु सहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियान संचालन गरेको थियो । पहिलो चरणमा घोषणा गरिएको समय फागुन २५ गते सकिए पनि सबै नागरिकले अझै औषधि सेवन नगरेपछि समय थपिएको जनाइएको छ ।
अझै पाँच दिन समय थप गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आउँदो ३० गते मङ्गलवारसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ । गएको ११ गतदेखि कपिलवस्तु सहित लुम्बिनी प्रदेशका दाङ र बाँके जिल्लामा यो अभियान संचालन गरिएको थियो । यस बाहेक झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, र कैलालीमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियान चलिरहेको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाएर खुवाइएको डाक्टर दासले बताउनुभयो ।
यता कपिलवस्तुमा स्वास्थ्यकर्मीहरुले गाउँगाउँमा पुगेर हात्तीपाइले बिरुद्धको औषधि खुवाएका छन भने विद्यालय उमेरका बालवालिका र शिक्षक तथा कर्मचारीहरुलाई विद्यालय मै खुवाइएको छ । यस बाहेकका अन्य नागरिकहरुलाई औषधि खुवाउन स्वास्थ्यकर्मीहरु गाउँगाउँमा पुगेका छन् । तर पनि सबै नागरिकहरुले यो अवधिमा औषधि सेवन नगरेपछि फागुन ३० गते सम्म समय लम्बाइएको हो ।
औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइएको छ । औषधिले शरीरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ ।
हात्तीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एक पटक गरी ६ पटकसम्म खानु पर्छ । औषधि खाएपछि केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान डाक्टरले सुझाव दिएका छन् । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । सरकारले ४८ जिल्लामा भने हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान बन्द गरेको छ । कपिलवस्तुमा यो १५ औँ पटकको औषधि सेवन अभियान हो ।यहाँका सबै नागरिकहरुले औषधिको सेवन नगर्दा रोग उन्मूलन हुन सकेको छैन । यसपटक अनिवार्य औषधि खान नागरिकहरुलाई आग्रह गरिएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया