

प्रचण्डविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुनेछ । रिट अदालतको जुन कुनै न्यायाधीशको एकल इजलासमा सुनुवाइका लागि पर्न सक्छ ।
अदालतमा न्यायाधीशहरुले गोलाप्रथामार्फत मुद्दा छान्ने हुँदा कसको इजलासमा मुद्दाको सुनुवाइ हुन्छ भन्ने बिहान साढे १० बजे पछि जानकारी हुनेछ ।
सोमबार प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई भिन्न रिट दायर गरेका थिए । निवेदकहरुले प्रचण्डद्वारा २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्तिलाई मध्यनजर गर्दै उनीविरुद्ध ती हत्याको अभियोजन दायर भई अदालतबाटै निरुपण हुनु पर्ने माग गरेका छन् ।
रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ । प्रारम्भिक सुनुवाइमा निवेदक तर्फबाट बहस हुन्छ । विपक्षी प्रत्यर्थीले प्रारम्भिक सुनुवाइमै सरिक हुनका लासग निवेदन दिएमा प्रत्यर्थी समेतले बहस गर्न पाउँछन् ।
निवेदकतर्फको बहसपछि इजलासले रिट खारेज पनि गर्न सक्छ । रिट खारेज नभएको सन्दर्भमा अदालतबाट कारण देखाउ आदेश वा अन्तरिम आदेश जारी हुन सक्छ । रिटमा प्रचण्डको अभिव्यक्तिको आधारमा अभियोजन दायर हुनु पर्ने हुँदा तत्काल उनलाई पक्राउ गर्न अन्तरिम आदेशको पनि माग गरिएको छ ।
अन्तरिम आदेश विशेष मुद्दा टुंगो नलाग्दासम्म कुनै कार्य भएमा वा नभएमा निवेदकलाई अपुरणीय क्षेती हुनसक्ने अवस्थामा जारी हुने गर्छ ।
इजलासले आजको सुनुवाइ पछि विपक्षी बनाइएका प्रचण्ड, प्रधानमन्त्री कार्यालय, गृह, रक्षा, कानुन मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निश्चित समय तोकी लिखित जवाफ पेस गर्दै अदालतमा उपस्थित हुन आदेश दिन सक्छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया