

रुपन्देहीमा ६२ जना सहिद तथा वेपत्ता परिवारलाई सम्मान



रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले ६२ जना सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताहको अन्तिम दिन आईतबार सम्मान कार्यक्रम आयोजना गरी पार्टीले जनयुद्ध र नेपालको क्रान्तिकारी आन्दोलनमा विशिष्ट योगदान पुर्याएको भन्दै सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको हो ।
सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा माओवादी नेता हकिकुल्लाह खाँले सहिद तथा वेपत्ता परिवारको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए । सहिद र वेपत्ताको त्यागकै कारण गणतन्त्र आउन सम्भव भएको उल्लेख गर्दै नेता खाँले जनयुद्धमा सहादत गर्ने र वेपत्ता भएका योद्धालाई सहिद घोषणा गर्नुपर्ने माग गरे ।
अर्का माओवादी नेता वामदेव क्षेत्रीले सहिद तथा वेपत्ता परिवारलाई आइपर्ने कुनैपनि समस्यामा पार्टी साथमा रहने उल्लेख गर्दै पार्टी राजनीतिमा समेत सहिद तथा वेपत्ता परिवारलाई उच्च महत्व दिईने धारणा व्यक्त गरे । सो अवसरमा माओवादी नेताहरू मक्सुद अलि, गोविन्द केसी, यज्ञ पोखरेल, सुजित विक, दिप विक, टिका वली, पुष्पराज ढकाल क्षितिज लगायतले धारणा राखेका थिए ।
जिल्ला पार्टी संयोजक निर्मल जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको हो । फाल्गुन १४ देखि सुरू भएको सहिद सप्ताह अवधीभर सहिद तथा वेपत्ता परिवारको घर–घरमा पुगेको माओवादीले सहिद तथा वेपत्ता योद्धा र उनीहरूको परिवारको तथ्यांक संकलन गरेको र सोहि तथ्यांकका आधारमा सम्मान गरिएको पार्टीका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया