

रुपन्देहीमा ६२ जना सहिद तथा वेपत्ता परिवारलाई सम्मान



रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले ६२ जना सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताहको अन्तिम दिन आईतबार सम्मान कार्यक्रम आयोजना गरी पार्टीले जनयुद्ध र नेपालको क्रान्तिकारी आन्दोलनमा विशिष्ट योगदान पुर्याएको भन्दै सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको हो ।
सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा माओवादी नेता हकिकुल्लाह खाँले सहिद तथा वेपत्ता परिवारको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए । सहिद र वेपत्ताको त्यागकै कारण गणतन्त्र आउन सम्भव भएको उल्लेख गर्दै नेता खाँले जनयुद्धमा सहादत गर्ने र वेपत्ता भएका योद्धालाई सहिद घोषणा गर्नुपर्ने माग गरे ।
अर्का माओवादी नेता वामदेव क्षेत्रीले सहिद तथा वेपत्ता परिवारलाई आइपर्ने कुनैपनि समस्यामा पार्टी साथमा रहने उल्लेख गर्दै पार्टी राजनीतिमा समेत सहिद तथा वेपत्ता परिवारलाई उच्च महत्व दिईने धारणा व्यक्त गरे । सो अवसरमा माओवादी नेताहरू मक्सुद अलि, गोविन्द केसी, यज्ञ पोखरेल, सुजित विक, दिप विक, टिका वली, पुष्पराज ढकाल क्षितिज लगायतले धारणा राखेका थिए ।
जिल्ला पार्टी संयोजक निर्मल जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको हो । फाल्गुन १४ देखि सुरू भएको सहिद सप्ताह अवधीभर सहिद तथा वेपत्ता परिवारको घर–घरमा पुगेको माओवादीले सहिद तथा वेपत्ता योद्धा र उनीहरूको परिवारको तथ्यांक संकलन गरेको र सोहि तथ्यांकका आधारमा सम्मान गरिएको पार्टीका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया