

प्लास्टिकका खोलमा माटो भरेर बेच्ने २ भारतीय नागरिक पक्राउ




कपिलवस्तु । चिठ्ठाको नाममा पावर वैँक पर्यो भनी पावर बैकको खोलभित्र गिलो माटो राखी बिक्री गर्ने दुई जना भारतीय मुलका नागरिकहरु रुपन्देहीको सालझण्डीबाट पक्राउ परेका छन ।
यही फागुन १४ गते दिउँसो रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. १० सालझण्डी झिमझीमे स्थितमा भारतीय नम्बरको मोटरसाईकल अगाडी पछाडी एच्भ्क्क् लेखेको युपि ५५ एएफ १५१९ नम्बरको मोटरसाईकलमा आएका दुईजना मानिसहरुले नेपाली रुपैँया ५० को चिठ्ठा काटेमा केही कपडा र एम.आई कम्पनीको मोवाईलको ओर्जिनल पावर बैक पर्ने भनी मानिसहरुलाई झुक्याएको प्रहरीले जनाएको छ । उनीहरुले उक्त चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैक पर्ने पहिले नै सेट गरिएको कुपनहरु बिक्री गरी, उक्त पावर वैक परे पछी पुन नेपाली रु १२०० रुपैया दिनु पर्ने र सो पावर बैकको बजार मुल्य ३२०० पर्ने र हाल यसमा चार्ज नभएकोले घरमा लगी ४/५ घण्टा चार्ज गरेपछी मात्र काम गर्छ भनी मानिसहरुलाई झुक्यानमा पारी ठगी गरीरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
प्रहरीले उनीहरुको साथबाट स्क्रयाच कुपन ७९ थान र एमआई नाम लेखिएको को पावर बैँक ६ थान समेत फेला पारेको छ । तर उक्त पावर बैक खोली भित्र हेर्दा केहि ओसिलो माटो भरेको तथा साधारण खालका पुराना मोबाईलका ब्याट्री जोडेको अवस्थामा फेला परेकोले उनीहरुलाई पक्राउ गरी ठगी सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत रुपन्देहीवाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सलझण्डीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको सिदार्थनगर जिल्ला चन्दनताय गाउ बस्ने बर्ष २८ को विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध












प्रतिक्रिया