

युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न राष्ट्र सङ्घकाे आह्वान, नेपालसहित १ सय ४१ देशले पक्षमा मतदान गरे



काठमाण्डौँ
संयुक्त राष्ट्र सङ्घको महासभाले युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न आह्वान गरेको छ । महासभाले रुसले युक्रेनमाथि गर्दै आएको आक्रमण तत्काल रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको हो । यो प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ देशले मत दिएका छन् । ७ वटा देशले प्रस्तावको विपक्षमा मतदान गरे भने चीन, भारत, इरान, दक्षिण अफ्रिकालगायतका ३२ देश तटस्थ बसेका छन् ।
रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । महासभाले आफ्नो मागलाई पुनः दोहोर्याउँदै रुसले तत्काल पूर्ण र विना सर्त युक्रेनको क्षेत्रबाट आफ्ना सबै सैन्य बल फिर्ता गर्न आह्वान गरेको हो ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार एक वर्ष पूरा भएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो । आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने वाचा गर्नुभएको छ ।
‘डिफेन्डर अफ द फादरल्यान्ड डे’ का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताउनुभयो । राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आउनुभएको छ । रुस–युक्रेनबीच शान्ति स्थापनाका लागि निर्णायक पहल हुन सकेको छैन । दुई देशबीच युद्ध अझै लम्बिने सङ्केत देखिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया